सबैलाको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले मनाए १९ औं वार्षिकोत्सव, खेलकुद सप्ताह सुरु


सुनिल साह/ जनकपुरधाम, २ माघ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा रहेको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ ।

१८ वर्ष सफलतापूर्वक पार गरी १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोही क्रममा सबैला नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प्रदीप महतोले बालबालिकाहरुलाई अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु आवश्यक रहेको बताउनुभएको छ ।

स्कूलले सँचालन गरेको सप्ताहव्यापी खेलकूद कार्यक्रम तथा १९ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले बालबालिकाहरुलाई अध्ययनको बोझबाट सहजता दिन अतिरिक्त क्रियाकलाप को आवश्यकता औल्याउनुभयो । उहाँले बालबालिकाहरुको मानसिक अवस्था दुरुस्त राख्नको लागि खेलकूद अनिवार्य भएको बताउँदै विद्यालय परिवारले गरेको खेलकूद सप्ताहको प्रशंसा गर्नुभयो ।

१९ औं वार्षिकोत्सवको अवसरमा गत पुस २५ गतेदेखि सुरु भएको खेलकूद सप्ताहलाई समापन गर्दै वडाध्यक्ष महतोले बालबालिकाहरुको लगनशिलताप्रति खुसी व्यक्त गर्नुभयो । चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले स्थानीय बालबालिकाहरुलाई शिक्षाका साथै खेलकूदमा समेत ध्यानाकर्षण गराएको बताउनुभयो ।

प्रकाशित : २०७६ माघ २, बिहीबार २२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ