लहानमा बसपार्क सञ्चालन, सडक दुर्घटना कम हुने विश्वास


सिरहा, ४ माघ । सिरहाको लहान नगरपालिका १ सिङ्गराहीस्थित नवनिर्मीत लहान बसपार्क सञ्चालनमा भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच बसपार्कको उद्घाटन भएको हो ।

प्रमुख अतिथि लहान नगर प्रमुख मुनि साहले नौ महिना अगाडि एक कार्यक्रमबीच प्रतिवद्ध भई नौ महिना भित्रै बसपार्क सञ्चान गर्ने प्रतिवद्धता जनाएका थिए । उनले बसपार्क सञ्चलन भएको छ महिना भित्र वसपार्कलाई कालोपत्रे गरि आकर्षक बनाउने बताए ।

सिरहा जिल्लाको विकासको तुलनामा लहानमा आठ लेनको बाटो निर्माण हुने र ३१ मिटरसम्म खाली राख्नु पर्ने पटक पटक सुचना जारि गरि सकेको मेयर साहले बताए ।

लहान नगरपालिकाले धेरै सञ्जालहरु बनाएर काम गरि रहेको र सबै मिलि एक सुत्रीय भएर अगाडि बढनु पर्ने मेयर साहले जोड दिए । उनले भने, ‘केहि महिना भित्रै नगर बस संचालन गरिने, बेरोजगारी समस्या समाधान गर्ने तिर अग्रसर हुँदैछौँ ।’

अब जथाभावी बाटोमा गाडि पार्कीङ्ग गरेमा नियन्त्रणमा लिई कारवाही गर्ने बस व्यवसाय र लहान उद्योगवाणिज्य संघ लाई ध्यानआकर्षण गराए । प्रदेश २ कै बसपार्कमध्ये तेस्रो, चौथो प्रेसकृत बस पार्कको दयारामा रहेको साहले बताए ।

लहान नपा र लहान बस व्यवसायको आयोजनामा भएको थियो भने लहान नपा १ का वडा अध्यक्ष फगु चौधरीको सभाध्यक्षमा सम्पन कार्यक्रममा राजनितिक दल, वुद्विजीवि, समाजसेवी, पत्रकार, बस व्यवसाय संघ, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरद थापा, सस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत सयौँको सहभागिता रहेको थियो ।

४ करोडको लागतमा निर्माण भएको र अझै २ करोड व्यवस्थित गर्न लाग्ने बस पार्कका संचालक महेश गुप्ताले बताए । बस पार्क संचालन भएकोले लहान बासीमा खुशी देखिएका छन् ।

प्रकाशित : २०७६ माघ ४, शनिबार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ