महेन्द्र राय यादब भए आजदेखि राजपाको संयोजक


काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक फेरिएको छ । आजदेखि संयोजक महेन्द्र राय यादब भएका छन् ।

राजपा अध्यक्ष मण्डलको हिजो बसेको बैठकले पार्टीको संयोजकको जिम्मेवारी माघ ५ गतेबाट महेन्द्र राय यादवलाई दिने निर्णय गरेको थियो । बैठक संयोजक राजेन्द्र महतोको अध्यक्ष बसेको थियो ।

बैठकले फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन र महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि राष्ट्रिय विद्यार्थी संघको ६ वटा अध्यक्षलाई संयोजक गर्न कृष्णकुमार सिंहलाई संयोजक तोकेको छ ।

प्रकाशित : २०७६ माघ ४, शनिबार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ