मोरङमा बम विस्फोट, तीन स्काभेटर जल्यो !


विराटनगर, ६ माघ । मोरङमा स्काभेटरलाई लक्षित गरेर बम विस्फोट गराएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका १ रमितेमा सडक निर्माणका लागि राखिएको स्काभेटरलाई लक्षित गरेर बम विस्फोट गराएको हो ।

निर्माणाधीन उर्लाबारी किशान चोक– रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटर राखिएको ठाउँमै अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम विस्फोट गराउँदा स्काभेटर जलेको अवस्थामा भेटिएको छ । घटनास्थलमा बम समेत भेटिएको छ ।

बम कसले र किन विस्फोट गराएको विषयमा केहि खुल्न नसकेको प्रहरीको भनाई छ । विप्लव नेतृत्वको माओवादीले बम विस्फोट गराएको स्थानीयको अनुमान छ ।

प्रकाशित : २०७६ माघ ६, सोमबार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ