श्रीमतीको हत्या गरी जलाएको आरोपमा महतो पक्राउ


बारा, ७ माघ । श्रीमतीको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका १ पिपरपाती टोलका रामया महतो छन् ।

पक्राउ परेका महतोले गत शुक्रबार ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेका थिए । त्यसपछि शव जलाउन लागेपछि प्रहरीले घटनाबारे जानकारी पाए । लगत्तै प्रहरी जलाउँदै गरेको ठाउँ पुगे र शव फेला पारेको थियो ।

प्रहरी पुगेपछि फरार भएका महतोलाई आईतवार पक्राउ गरिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : २०७६ माघ ७, मंगलवार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ