प्रदेश २ : राष्ट्रियसभा निर्वाचनका मतदाता राजपा नेताको निगरानीमा


जनकपुरधाम, ८ माघ । राष्ट्रिय सभा निर्वाचनका मतदाताहरु खरिद बिक्री हुने आशंका भइरहेको बेला दलका शीर्ष नेताहरु बर्दिवासमा सकृय भएका छन् ।

राजपा÷नेकपा गठबन्धन र समाजवादी/काँग्रेस गठबन्धनबीच निर्वाचनमा थोरै मत अन्तर रहेकाले दुवै तर्फबाट कडा निगरानी थालिएको छ । दुबै गठबन्धन मध्ये राजपाका मतदाताहरु ‘बेकाबु’हुने भय नेताहरुमा बढेकोछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित राजपाले संघीय सरकारम सहभागिताका लागि बढाएको सामिप्यतालाई दोस्रो तहका अधिकांश नेताहरुले रुचाएका छैनन् । नेकपाका शीर्ष नेताहरुले बदीवासमा नै मतदाताहरुलाई भेंटने छन् ।उनीहरुले बुधवार विहान मतदाताहरुलाई बोलाएका छन् ।

काँग्रेसका मतदाताहरुलाई पार्टीका सभापति विमलेन्द्र निधिले निगरानी गरिरहेका छन् । मतदाताहरुलाई जनकपुरधाममा नै राखिएपनि समाजवादी पार्टीका मतदाताहरुसित बुधवार मात्र संयुक्त छलफल हुनेछ ।

समाजवादी पार्टीले मतदाताहरुलाई खुल्ला नै छाडेको छ । उनीहरुलाई बुधवार पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७६ माघ ८, बुधबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ