जनकपुरधाम : पार्टी निर्णय विपरीत दुई जनप्रतिनिधिले गरे राष्ट्रियसभामा मतदान


जनकपुरधाम, ९ माघ । राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा भइरहेको निर्वाचनमा दुई जनप्रतिनिधिले पार्टीको निर्णयविपरीत मतदान गरेका छन् ।

पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियार र कालिकामाई गाउँपालिकाका प्रमुख नथुनीप्रसाद पार्टीको निर्णयविपरीत राष्ट्रियसभा निर्वाचनमा मतदान गरेका हुन् । उनीहरू दुवै नेपाली जनता दलबाट निर्वाचित जनप्रतिनिधि छन् । पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण शाहले राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरी मतदान नगर्न पत्राचार गरेका थिए ।

पार्टीको निर्णयविपरीत बिहीबार मत खसाउन मतदानस्थल जनकपुरस्थित महेन्द्र निधि स्मृति प्रतिष्ठान पुगेका जनप्रतिनिधि दीपनारायण र नथुनीलाई केन्द्रीय अध्यक्ष शाह रोक्ने प्रयाससमेत गरेका थिए । यद्यपि, उनीहरू मतदान केन्द्रमा प्रवेश गरे र मतदानसमेत गरेका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष शाहले पार्टीको निर्णय नमानेकाले पार्टीबाट निस्कासित गर्ने र जनप्रतिनिधिबाट समेत हटाउने बताएका छन् । उनले आफ्नो पार्टीबाट निर्वाचित दुवै जनाले पैसाको लोभमा नेकपा- राजपा गठबन्धनमा मतदान गरेको समेत आरोप लगाएका छन् ।

प्रकाशित : २०७६ माघ ९, बिहीबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ