परराष्ट्रमन्त्री ज्ञावलीले गरे उमेशलाई मृत्यूदण्डबाट बचाएका अभियन्ता रायको प्रसंशा


जनकपुरधाम, १२ माघ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साउदी अरबमा मृत्यूदण्डको सजाय पाएका धनुषाका उमेश यादबलाई बचाउन सफल सामाजिक अभियन्ता सरोज रायको प्रसंशा गरेका छन् ।

१३ वर्षपछि मृत्यूदण्डबाट जोगिएर स्वदेश फर्केका उमेश यादबलाई आज परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेटको हुन् । उक्त भेटका क्रममा उमेशसँगै रहेका अभियन्ता रायको खुलेर प्रसंशा गरे । अभियन्ता रायले ठूलो सफलता पाएको समेत मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवाली काठमाडौंस्थित आफ्नै कार्यत्रकक्षमा उमेशलाई बोलाएर भेटघाट गर्दै उनको बारेमा जानकारी लिए । उमेशले साउदी जेलमा रहेका विवेक दाहलसहित पाँच जनालाई फर्काउने पहल गरिदिन आग्रह गरेका छन् ।

विकेक दाहाल १४ वर्ष अगाडी आफ्नै नेपाली सहकर्मीको हत्या आरोपमा साउदी जेलमा छन् । उनी जानेर हत्या नगरेकोले उमेश जस्तै माफि पाउन सकिने अभियन्ता रायले बताए । अभियन्ता रायलाई साउदी पठाएमा र आवश्यक पहल गरिएमा विकेक पनि मृत्यू दण्डबाट जोगिने उमेशले मन्त्री ज्ञवालीलाई भने ।

मन्त्री ज्ञवालीले विवेकलाई बचाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मृत्यूदण्डबाट बचाएर नेपाल फर्काउन अभियन्ता रायलाई साउदी पठाउनेमा मन्त्री ज्ञवाली सकारात्मक देखिएका छन् । उनले उमेशको छोराछोरीको लागि सहयोग गर्ने पनि आश्वासन दिएका छन् ।

प्रकाशित : २०७६ माघ १२, आईतवार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ