सिरहामा साढे ५ किलो चाँदीका गहनासहित २ जना पक्राउ


सिरहा, १२ माघ । लाहान नगरपालिका ८ बाट अवैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहनासहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका १४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरूसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७६ माघ १२, आईतवार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ