विप्लव समूहका रौतहट सेक्रेटरीसहित दुई पक्राउ


रौतहट, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई दिउँसो सार्वजनिक गरिने समेत उनले जानकारी दिए ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ