Breaking- प्रदेश २ की राज्यमन्त्री झाले दिइन् राजीनामा, संकटमा प्रदेश सरकार !


जनकपुरधाम, १४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन् । प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै राज्यमन्त्री पदबाट झाले राजीनामा दिएकी हुन् ।

आज राष्ट्रिय जनता पार्टी (राजपा)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र झाले बुझाएकी छन् । मुख्यमन्त्री लालबाबु राउत बाहर गएकाले संसदीय दलका नेतालाई राजीनमा पत्र बुझाएको उनले बताएकी छन् ।

उनले बुझाएको राजीनमा पत्रका भनिएको छ, ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदिय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु ।’

प्रकाशित : २०७६ माघ १४, मंगलवार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ