बारामा क्यान्सर पीडित वडा अध्यक्षको निधन


जनकपुरधाम, १४ माघ । बाराको कलैया उपमहानगरपालिका ५ का वडाध्यक्ष रामअयोध्य मण्डलको निधन भएको छ । क्यान्सर, सुगर र जन्डिसबाट पीडित मंगलबार साँझ मृत्यु भएको हो ।

दुई महिना देखि घरमै आराम गरिरहेका वडाध्यक्ष मण्डलको मंगलबार साँझ ५ बजे आफ्नै घरमा निधन भएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले जनाए । ‘उहाँले २ महिनादेखि वडाको सबै जिम्मेवारी निमितको रूपमा वडा सदस्यलाई दिएर आफू घरमै आराम गरिरहनु भएको थियो’नगरप्रमुख यादवले भने ।

उपचारको कम्रमा धेरै खर्च लागेको भन्दै वडाध्यक्ष मण्डलले नगरपालिकासँग उपचार खर्चसमेत माग गरेका थिए । वडाध्यक्ष मण्डल नेकपाका वडाध्यक्ष हुन् ।

प्रकाशित : २०७६ माघ १४, मंगलवार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ