अग्रज पत्रकार ९२ वर्षीय गुप्ताको निधन


बाँके, १५ माघ । बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ९२ वर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

गुप्ताका छोरा तथा पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा बुवाको निधन भएको जानकारी दिए । केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो ।

नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाएका गुप्ता किरण साप्ताहिकका सम्पादक थिए । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले दशकअघि उनलाई सेनानीको उपाधि दिएको थियो ।

प्रकाशित : २०७६ माघ १५, बुधबार २२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ