गाडीमा १२ लाख भारू लिएर नेपाल प्रवेश गरेलगत्तै सुभाष पक्राउ


वीरगन्ज, १५ माघ । वीरगन्जबाट भारत हिँडेका एक व्यक्ति १२ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा ६ च ७४४० नम्बरको गाडीमा हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई बुधबार पक्राउ गरेको हो ।

मध्याह्न १२ बजे घन्टाघर चोकबाट चन्दलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । उनको साथबाट प्रतिबन्धित दुईसय रूपैयाँको ६०० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ ।चन्दलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ ।

प्रकाशित : २०७६ माघ १५, बुधबार २३:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ