जनकपुरमा पेट्रोल छर्केर औषधी पसलमा आगो लगाइयो, ९० लाखको क्षति !


जनकपुरधाम, १७ माघ । प्रादेशिक अस्पताल जनकपुरको अगाडीमा रहेको कल्पणा औषधी पसलमा पेट्रोल छर्केर आगो लगाएको छ । आगोले औषधी पसलमा रहेका करिब ९० लाखभन्दा बढीको औषधी जलेर नष्ट भएको हो ।

विहिवार मध्यरातमा अज्ञात समूहले औषधी पसलमा पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाएको देखिएको छ । पसलमा रहेको अधिकांश औषधी क्षतिग्रस्त बनेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

आगो कसले लगायो भन्ने विषयमा केहि खुल्न सकेका छैन । प्रादेशिक अस्पताल अगाडी रातभर चहलपहल भइरहेपनि औषधी पसल जलाएपछि जनकपुरको सुरक्षा अवस्थामाथि प्रश्न उठेको छ ।

https://www.youtube.com/watch?v=42mwsFB61lI
https://www.youtube.com/watch?v=alqdI_xWZG4
https://www.youtube.com/watch?v=z2io_P2wjAs
प्रकाशित : २०७६ माघ १७, शुक्रबार ११:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ