धनुषामा विसु अभियानको उद्घाटन, संगठन निर्माणमा जुट्न नेता अरगरियाको निर्देशन


जनकपुरधाम, १८ माघ । समाजवादी पार्टी धनुषाले संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान सुरु गरेको छ ।

जिल्ला समन्वय समितिद्धारा आज जनकपुरमा आयोजित एक समारोहबीच विसु अभियानको उद्घाटन साँसद तथा अभियान धनुषा संयोजक उमाशंकर अरगरियाले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले अभियान इमान्दारिताको साथ लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद अरगरियाले पार्टी अध्यक्षको निर्देशन अनुसार काम गर्न नसक्ने र पार्टीको कार्यक्रममा सहभागी नहुनेलाई कारबाही गर्न जिल्ला कमिटीसँग निर्देशन समेत दिए । उनले विसु अभियान अन्तर्गत गरिने कामको प्रतिवेदन हरेक १५ दिनमा जिल्लामा बुझाउन नगर, वडा र सवै पालिकाका नेताहरुलाई निर्देशन दिए ।

पार्टीका प्रमुख सचेतक समेत रहेका अरगरियाले अगामी निर्वाचनमा धनुषाका ४ सिट जित्नेगरी इमान्दारिता पूर्वक संगठन विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नुपर्छ । त्यसैले पनि संगठन विस्तारमा विशेष ध्यान दिन जरुरी छ ।’

पार्टीका धनुषा अध्यक्ष पशुपति यादबको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उद्घाटन पश्चात अब पालिकादेखि वडासम्म विसु अभियान चलाइने समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित : २०७६ माघ १८, शनिबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ