शहिद हेमनारायणको १६ औं स्मृति दिवसको अवसरमा सिरहा बजार सरसफाई


सिबेन्द्र रोहिता, जनकपुरधाम, १८ माघ । शहिद हेमनारायण यादबको १६ औं स्मृति दिवसको अवसरमा सिरहा सदरमुकाममा शनिवार सरसफाई गरिएको छ ।

नेकपा प्रदेश कमिटी र सिरहा नगर कमिटीको आयोजनामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रदेश साँसद प्रमोद यादब, नेकपा नेता डा. नविन यादब (हेमनारायणका छोरा), सिरहा नगरपालिका २ का वडाध्यक्ष दिपक यादब, पार्टीका पूर्व नगर अध्यक्ष देबेन्द्र गोहिवार लगायतको उपस्थिति रहेको थियो ।

तत्कालिन नेकपाका नेता हेमनारायण यादबको १६ वर्ष अगाडी हत्या भएको थियो । सरकारले घटनाको छानविन गर्न समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरेपनि हालसम्म हत्यारा पत्ता लाग्न सकेका छैन ।

उनको स्मृति दिवस मनाउन हरेक वर्ष पार्टीले कार्यक्रमको आयोजना गरिदै आएको छ । सिरहामा शहिद हेमनारायणको शालिक निर्माण गरिनुका साथै चोककै नाम पनि ‘हेमनारायण चोक’ राखिएको छ ।

प्रकाशित : २०७६ माघ १८, शनिबार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ