जनकपुर जेसीजद्धारा एलओएम अफिसर्स ट्रेनिङ सम्पन्न


ओ पि साह/ जनकपुरधाम, १८ माघ । धनुषा जेसीजको आयोजनामा जेसीज प्रतिनिधिहरुका लागी एक दिवसीय तालिम शनिवार आयोजना गरिएका छन ।

तालीमको प्रमुख अतिथि जनकपुर जेसीजका पुर्व अध्यक्ष जेसी सुधीर पजियारले सुभारम्भ गर्दै युवाहरु परिवर्तनका सम्बाहक भएकाले जहिले पनि इमानदारीका साथमा आफ्नो क्षेत्रमा आफ्नो सैय प्रतिशात दिई गर्वगर्ने लायकको सिर्जनात्मक कार्य गर्न आग्रह गरे । नेतृत्व र व्यक्तित्व बिकासमा आग्रनी भुमिका खेलेका जेसीजका तालीम बाट सिखेका कुराहरू व्यवहारमा उतारे मात्र सार्थकता हुने पजियारले बताए ।

तालीमका प्रमुख प्रशिक्षक अधिवक्ता सुदिप कोइरालाले Lom officer’s traning वर्ष २०२० जनकपुर जेसीजको कार्यसमिति तथा मनोनीत सदस्यहरुलाई आ-आफ्नो कानुनी रुपमा पदिय जिम्मेवारी तथा अधिकारका बारेमा जानकारी दिइएका थिए । जेसीज २०२० धनुषाका नारा Be together for leadership & tourism 2020 का सन्दर्भमा प्रकाश् पारेका थिए ।तालीममा १८देखि ४० वर्षका भित्रका करिब दुई दर्जन युवाहरुका सहभागिता रहेका थिए ।

जनकपुर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी गौतम साह्को अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा युवा अभियानी तथा सहकारीकर्मी जेसी राजेन्द्र साह,अधिवक्ता सुदिप कोइराला लगायतकाले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित : २०७६ माघ १९, आईतवार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ