प्रदेश २ : नेकपाकै कारण प्रदेशको नाम टुँग्याउन ढिलाई ! स्थगित भयो बैठक


जनकपुरधाम, १९ माघ । प्रदेश २ को नामांकरण गर्ने सन्दर्भमा शनिबार आह्वान गरिएको बैठक स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन संघीय राजधानी काठमाडौंतर्फ गएका कारण बैठक बस्न नसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

दलका नेताहरुको बैठक बसेर शनिबार प्रदेशको नाम टुँग्याउने यसअघि सहमति भएको थियो । सहमति अनुसार शनिबारको बैठकमा सबै दलका प्रदेशस्तरीय नेताहरुलाई सहभागी गराएर नाम टुँग्याउने तय भएकोमा नेकपाका नेताहरु आउन नसक्दा बैठक बस्न नसकेको सभामुख यादवको भनाई छ ।

अब अर्काे बैठक कहिले बस्ने सन्दर्भमा छलफल हुन नसकेको उनले बताए । अब पुनः छलफल गरेर बैठकको मिति तय गरिने उनको भनाई छ । प्रदेशको नामांकरणका लागि चार दलले तीन वटा नाम प्रस्ताव गरेको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा मधेश, नेकपाले जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ ।

प्रदेशको नामांकरण र स्थायी राजधानी तय गर्न सभामुख यादवको संयोजकत्वमा उच्चस्तरीय संसदीय विशेष समिति गठन गरेको छ । यसअघि बसेको समितिको बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : २०७६ माघ १९, आईतवार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ