सिरहाका पत्रकारलाई भारतीय प्रहरीद्धारा दुर्व्यवहार


सिरहा, १९ माघ । समाचार संकलन गर्न सिरहाको भगवानपुरस्थित दशगजा क्षेत्रमा पुगेको नेपाली सञ्चारकर्मीको टोलीलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी)का जवानहरुले दुर्व्यवहार गरेका छन् ।

भगवानपुर गाउँपालिका ४ ठाढीस्थित दशगजा एरिया नजिकै सशस्त्र प्रहरीले डिउटी पोष्ट निर्माण सुरु गरेपछि भारतीय सुरक्षाकर्मीले अबरोध पुर्याएको बिषयमा समाचार संकलन गर्न पुगेको नयाँ पत्रिकाकर्मी सुरेन्द्र कुमार कामति, राससका राजु विश्वकर्मा र एभिन्यूज टेलिभिजनका शुभनारायण कामतीमाथि भारतीय सिमा सुरक्षा बला (एसएसबी) ए कम्पनी लौकहाका सादापोशाकका सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल विओपी ईनर्वाले दशगजा क्षेत्रको ९ दशमलव १ मिटर (नो म्यान स्लान्ड) क्षेत्र बाहेक नेपाली जग्गामा डिउटी पोष्ट निर्माण शनिवार सुरु गरेको थियो । पोष्ट निर्माण गर्न खाल्टो खन्दै गर्दा भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ए कम्पनी लौकहाका इन्सपेक्टर कुलदीप तिवारी नेतृत्वको टोलीले निर्माण रोक लगाएको थियो । आफ्नै भूमीमा भारतीय एसएसबीले निर्माणमा रोक लगाएको विषयमा बुझ्न पुगेका सञ्चारकर्मीलाई दुरव्र्यवहार गरेको हो ।

एसएसबीका डियूटी र सादा पोशाकका जवानले क्यामेरा खोस्ने धम्की सहित दुरव्र्यवहार गरेको हो । पोष्ट बनाउन रोक लगाएको विषयमा समाचार बनाउन आएको बुझेका भारतीय एसएसवी टोलीले ‘क्यामरा लिएर किन आएको ?, गुप्चरी गर्न खोजेको हो रु क्यामरा खोसिदिन्छु’ भन्दै धम्र्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेको छ ।

दशगजाको सेन्टर लाईनदेखि ९ दशमल १ मिटर क्षेत्रलाई खाली छाडेर संरचना बनाउनुपर्ने दुबै पक्षको सहमति (नो म्यान स्लान्ड) मा व्यवस्था रहेपनि भारतीय सशस्त्र प्रहरी बल र भारतीय कस्टम चेकप्वाईन्ट दशजग्गामै रहेको छ ।

प्रकाशित : २०७६ माघ १९, आईतवार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ