राजविराज १५ का वडाध्यक्ष यादब हत्या आरोपमा पक्राउ


राजविराज, २२ माघ । सप्तरी प्रहरीले हत्या आरोपमा एक वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद यादव छन् ।

हत्या आरोपमा वडाध्यक्ष यादबलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । वडाध्यक्ष यादबलाई जिल्ला अदालतमा उपस्थित गराएको उनको भनाई छ ।

यादब कसको र कहिले हत्या गरेको विषय प्रहरीले खुलाएका छैन ।

प्रकाशित : २०७६ माघ २२, बुधबार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ