सीके राउत बिखण्डनकारी नै हुन् स् रामचन्द्र झा (भिडियोसहित)


काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले सीके राउत बिखण्डनकारी भएको आरोप लगाउनुभएको छ ।

नेता झाले आफूलाई पार्टीले न्याय नगरेको बताउनुभयो । ‘जतिबेला पार्टीलाई मेरो जरुरत थियो त्यतिबेला मैले जुझारु भएर काम गरेँ, अहिले पनि हरेक मोर्चामा डटेर पार्टीलाई सकारात्मक परिणाम दिएको छु ।’ झाले भन्नुभयो, ‘म सधैँ जनअनुमोदन भएको छु, पार्टीप्रति मेरो निष्ठा र काम पार्टीले नबुझे पनि मैले आक्रोस व्यक्त गरेको छैन ।’

देशलाई रुपान्तरण गरी समाजवादको दिशामा लैजाने कम्युनिष्टले नै भएको तर पार्टी भित्रको लाइन अलमलमा रहेको झाको भनाइ छ । ४ सय ४५ सदस्यीय मनोनित केन्द्रीय समिति पार्टीका लागि घाँडो भएकाले छिट्छै कार्यकर्ताबाट अनुमोदन गर्नु आवश्यक भएकाले त्यस प्रक्रियामा जानुपर्नेमा झाले जोड दिनुभयो ।

  • janatasamachar
प्रकाशित : २०७६ माघ २२, बुधबार २२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ