बनरझुल्ला विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महतो चयन


बर्दिबास। महोत्तरीको बर्दिवास नगरपालिका ९ स्थित राष्ट्रिय प्राथमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा पाँच बर्षपछि व्यवस्थापन समिति चयन भएको छ ।

व्यवस्थापन समितिबिहीन यो विद्यालयमा २१ पटकसम्म बसेको बैठकले सर्वसम्मत तरिकाले व्यवस्थापन समितिका पदाधिकारीहरुको चयन गरेको हो ।

शुक्रबार विद्यालयका प्रधानाध्यापक सूर्यदेव महतो र बर्दिबास नगरपालिका ९ का अध्यक्ष टेकवीर रखालको आतिथ्यतामा भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सर्वसम्मतले गठन गरिएको हो ।

व्यवस्थापन समितिको अध्यक्षमा रामजतन महतोलाई चयन गरिएको छ । समितिको सदस्यमा शंकर देवी महतो, मुनिया देवी महतो, गुलो देवी महरा, शुक्रित महतो र शत्रुधन यादव चयन भएका छन् ।

सो अवसरमा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ माघ २४, शुक्रबार २०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ