डिजेल र पेट्रोलको मूल्य घट्यो


टुडे खोज/ काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबारको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

उनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको हो । घटाइएको मूल्य मध्यरातिबाट लागू हुनेछ । हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा प्रतिलिटर चार रुपैयाँका दरले घटाइएको गोइतले जानकारी दिए ।

अन्तराष्ट्रिय हवाई इन्धनको मूलय र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

प्रकाशित : २०७६ चैत्र ३, सोमबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ