बाराको एउटा वडामा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध


वीरगञ्ज : बाराको सिम्रौनगढ नगरपालिका ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगिएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए ।

‘सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ तर एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागे । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन्’ उनले भने ‘ विवाहितले भए आफ्नो माइतीमा फोन गर्नुपर्छ, फोन चाहिन्छ अविवाहितले कहाँ फोन गर्छ रु त्यसैले भय त्रास देखाउनका लागि मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगेका हौं ।’

अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध नलगएको वडाध्यक्ष कुर्मीले बताए । – अनलाइनखबर

प्रकाशित : २०७६ चैत्र ५, बुधबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ