एक सातालाई नेपाल लकडाउन : घरबाट निस्किन नपाइने, गाडी र जहाज पनि बन्द


काठमाडौं : कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्।

यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्।

लकडाउनका क्रममा अनुमति लिएका मानिस र सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ।

प्रकाशित : २०७६ चैत्र १०, सोमबार २०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ