नेपालमा कोरोना संक्रमित तेस्रो बिरामी भेटिए


काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्‍या तीन पुगेको छ। आज कोरोना भाइरसबाट संक्रमित थप नयाँ एकजना बिरामी भेटिएपछि संक्रमितको संख्‍या तीन पुगको हो ।

उनको परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएको हो । उनको नाम र ठेगाना गोप्‍य राखिएको छ। यसबारे केहीबेरमा स्वास्थ्‍य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ।‌

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो। आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो।

प्रकाशित : २०७६ चैत्र १२, बुधबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ