जनता भान्सा घर सञ्चालन गर्न माग


काठमाडौं : राष्ट्रकवि माधव घिमिरेसहितका नागरिक समाजका अगुवाले सहरी क्षेत्रमा भोकमरीको अवस्था आउन नदिन ‘जनता भान्साघर ‘ सञ्चालन गर्न माग गरेका‌ छन्  । स्थानीय तह समुदाय र गुठीको संयोजनमा जनता भान्सा घर सञ्चालन गरी  खाने प्रबन्ध गर्न माग गरेका छन् ।

उनीहरुले अपिल जारी‌ गर्दै हातमुख जोडन समस्या हुने वर्गको ‌पहिचान‌ गरी तीन महिनाको लागि आवश्यक खाद्यान्न तथा प्रति परिवार १० हजारका दरले एकमुष्ट आपतकालिन राहत उपलब्ध गराउनु पर्ने नागरिक अगुवा एवं पूर्व सचिव द्वारिकानाथ ढुंगेलले‌ जानकारी दिए । 

उनीहरुले स्वास्थ्यकर्मी स्वास्थ्य सुरक्षामा खेलाची नगर्न आग्रह गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘यो महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर लड्ने स्वास्थ्यकर्मी नै हुन्, त्यसैले उनीहरुको मनोवल उच्च राख्न आवश्यक स्रोतसाधनको लागि कुनै कसर बाँकी नराखियोस् । उनीहरूको स्वास्थ सुरक्षामा खेलाची नगरियोस् वा पूर्ण ध्यान दिइयोस् ।’

भोलि काम सुचारु गर्नका लागि आजैदेखि श्रमिकको सूचि तयार गर्नुपर्ने धारणा राख्दै उनीहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधि एक पटकलाई कम्तिमा एकवर्षको बनाउन आग्रह गरेका छन्।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ