कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमण नेपालमा भेटियो ।


कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप एक नेपालीलाई भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाको संक्रमण ४ जनामा भएको छ । त्यसमध्ये १ जना निको भैसकेको छ भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जनामा कोरोना भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा कैलालीको धनगढीका ३४ वर्षीय ती पुरूषमा कोरोना भाइरस (कोभिड १९)ेजिटिभ भेटिएको थियो ।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार १०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ