अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २६ नील ४० खर्ब बराबरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्‌। विश्वव्यापी महामारी निम्ताएको कोरोना (कोभिड-१९) भाइरसका कारण अर्थतन्त्र र जनजीवन तहसनहस हुन लागेपछि राष्ट्रपति ट्रम्पले २६ नील ४० खर्ब नेपाली रूपैयाँ (२.२ ट्रिलियन अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज ल्याएका हुन्‌

। अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरूले ट्रम्पद्वारा प्रस्तावित सो राहत प्याकेजसम्बन्धी विद्येयकलाई पारित गरिसकेका छन्‌। विद्येयक पारित भएसँगै अब वार्षिक कूल ७५ हजार अमेरिकी डलर कमाउने मानिसलाई सरकारले सोझै १२ सय डलर दिनेछ। १ लाख ५० हजार डलरभन्दा बढी कमाउने गरेका विवाहित व्यक्तिले २४ सय डलर पाउनेछन्‌। बच्चाका लागि थप पाँचसय डलर दिइनेछ। 

प्रकाशित : २०७६ चैत्र १५, शनिबार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ