लकडाउन उल्लंघन गर्नेहरु भलिबल कोर्टमा थुनिए


पोखरा : कोरोना भाइरस फैलन नदिन घोषित लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएको आरोपमा शनिबार झन्डै सय जनालाई प्रहरीले तारबारभित्र थुनिदिएको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा केही घन्टाअघिदेखि थुनिएका ती व्यक्तिलाई अहिले कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सम्झाइबुझाइ गरिरहेका छन् । 

एसपी कार्कीले माइकमार्फत उनीहरुलाई घर बाहिर निस्कदा कोरोना भाइरस लाग्न सक्ने, अरुलाई सर्न सक्नेलगायत कारण लकडाउन घोषणा गरिएको बताएका छन् । उनले आफ्नै स्वास्थ्यको ख्याल गर्दै घरभित्रै बस्नुपर्ने पनि बताए । 

अनावश्यक रुपमा घरबाहिर निस्किएर बाटोबाटो हिँडिरहेका व्यक्तिलाई पक्रेर कास्की प्रहरीले भलिबल कोर्टमा राखेको हो ।  तर केहीबेरमा उनीहरुलाई छाडिने पनि जनाइएको छ ।

चारैतिर बार बन्देज रहेको भलिबल कोर्टभित्र थुनिएका एकापसमा नछोइने बसेका छन् । छाडा चौपायालाई कान्जीहाउसमा थुनेजस्तो दृश्य भलिबल कोर्टमा देखिएको छ।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ