जनकपुर युवा विकास समितिद्धारा सुरक्षाकर्मीलाई खाजा तथा पानी वितरण


जनकपुरधाम : जनकपुर युवा विकास समितिले सरकारले गरेको लकडाउनमा पनि ज्यानको प्रवाह नगरी काम गरिरहेका सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको छ ।

समितिले शनिवार जनकपुरधाम नगरको विभिन्न ठाउमा पुगेर सुरक्षाकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको हो । समितिका संयोजक रोशन मंडलको अगुवाईमा गरिएको वितरण कार्यक्रममा विगत चार दिन देखि लकडाउन लागु गराउन तथा कोरोना भाईरसको समस्या हुदाहुदै पनि सुरक्षाकर्मी तथा संचारकर्मीहुले समाजमा गर्दै आएको योगदानलाई कदर गर्दै सहयोग स्वरुप खाजा तथा पानी वितरण गरेको वताइएको छ ।

सुरक्षाकर्मीको प्रयासले नेपालमा भाइरसको संक्रमणमा न्युनिकरण आएको तथा संचारकर्मीहरुले यस्तो विकट परिस्थितीमा पनि ठाउ ठाउमा पुगेर घरमा वसेका जनमानसलाई सत्य तथ्य समाचार पुरयाइ रहेकाले यीनिहरुको योगदान अतुलनीय रहेकोले आफनो समितिबाट सानोे सहयोगको रुपमा कार्यक्रम संचालन गरेको संयोजक मंडलले वताए ।

वितरण कार्यक्रममा समितिका अध्यक्ष जितेन्द्र पासमान,उपाध्यक्ष मो.मोनाजिर इस्लाम, कोषाध्यक्ष कुश कुमार यादब, महासचिब बिकि मण्डल, सचिब सुनिल साहलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ