कोरोना नियन्त्रणका लागि एक करोड दिने सांसद साहको उदघोष


सिरहा ;कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन् ।

प्रदेश २ सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने सांसद साहले घोषणा गरेका हुन् । उनले भने ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने घोषणा गरेको छु।

’ निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरि राहत कोषमा रकम जम्मा गर्ने बाटो खुल्ला गरिदिन उनले प्रदेश सरकारसँग मांग गरेका छन् ।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार १६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ