कोरोना राहत कोषमा धमाधम रकम जम्मा हुँदै


प्रदेश २ कोरोना भाइरसविरुद्ध लड्न प्रदेश २ सरकारले घोषणा गरेको राहत कोशमा धमाधम रकम जम्मा हुन थालेको छ। विभिन्न संघसंस्थाले रकम कोषमा जम्मा गर्न थालेको हुन्।

आइतबार सिद्धार्थ बैंकले १० लाख रुपैयाँ कोषमा जम्मा गरेको छ। बैंकका जनकपुर प्रतिनिधिले मुख्यमन्त्री लालबाबु राउतलाई १० लाखको चेक हस्तान्तरण गरे।

यस्तै भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङले कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। यस्तै आइतबार प्रदेश २ का दुई सांसदले समेत १/१ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरे।

राष्ट्रिय जनता पार्टीका सांसद उपेन्द्र महतो र नेकपाका सांसद दिलिप साहले संसद विकास कोषबाट १÷१ करोड रुपैयाँ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्। उनीहरूले रकम खर्च गरिने कार्यविधि संशोधन गर्न समेत माग गरेका छन्।

प्रदेश सरकारले केही दिन अगाडि कोरोनाविरुद्धको लडाइँ लड्न २५ करोड रकम राखेर राहत कोषको घोषणा गरेको थियो। उक्त कोषमा सबै मन्त्रीले एक/एक महिनाको तलब जम्मा गरिसकेका छन्।

मुख्यमन्त्री राउतले राहत कोषमा रकम जम्मा गर्न विभिन्न संघसंस्था, दातृ निकाय, सांसद र व्यवसायीसँग आह्वान समेत गरेका छन्।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ