कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण ।


विराटनगर :संवाददाता विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।

समाजवादी पार्टी नेपालको नगर कार्यसमिति का कार्यवाहक अध्यक्ष मोरङ प्रहरीलाई दुई डब्बा पंजा,३०० मास्क र सेनिटाइजर हस्तांतरण गरेका हुन् । जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर हस्तांतरण गरिएको समाजवादी पार्टी का नगर समिति का कार्यवाहक अध्यक्ष मोहम्द नशरूल ले जानकारी दिए । ‘

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ ।

त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो, जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क,पंजा प्रहरीको लागि अपरिहार्य रहेको बताए ।

प्रकाशित : २०७६ चैत्र १७, सोमबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ