नेपालीलाई नै नेपाल छिर्न नदिएको भन्दै कांग्रेस सभापति देउवा आक्रोशित


काठमाडौं : नेपालीलाई नै नेपाल छिर्न नदिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्। 

आफ्नो देशमा आउन जनताले नारा जुलुस गर्नुपर्ने भन्दै उनले प्रश्न पनि गरेका छन्।  ट्‍विटरमार्फत सर्वसाधारण जनताले आफ्नै देशमा आउन लागि नारा जुलुस गर्नुपर्ने यो कस्तो अवस्था हो भन्दै उनले प्रश्‍न गरेका हुन्।

  उनले लेखेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित : २०७६ चैत्र १८, मंगलवार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ