स्वास्थ मन्त्रालयले भन्यो- अनुमति विनाको टेस्ट किट प्रयोग नगरौं


विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको रयापिड किट प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। कोभिड–१९ को परीक्षणका लागि प्रयोग गरिने रयापिड किटहरुका बारेमा विवाद आएको र कतिपय गुणस्तर नभएको पाइएपछि मन्त्रालयले प्रयोगमा रोक लगाएको हो।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले गुणस्तरयुक्त रयापिड किस्ट प्रयोग गर्न अनुरोध गरेका छन्। ‘रयापिट किट भनेर अहिले बजारमा निकै हल्लाखल्ला भएको छ, कोरोना भाइरस नेगेटिभ छ कि पोजेटिभ छ भनेर देखाउने टेष्ट किट हो,’ उनले भने, ‘तर, त्यो प्रयोग गर्दा धेरै विवाद आएको र गुणस्तरमा प्रश्न उठेको हुनाले विश्व स्वास्थ्य संगठनले त्यस्ता रयापिट किट प्रयोग नगर्ने निर्णय गरेको छ।’

स्वास्थ्य संगठनले प्रयोगमा रोक लगाएको उल्लेख गर्दै उनले नेपालभित्र त्यस्तो प्रयोग गरिरहेको भए जानकारी दिन पनि आग्रह गरे। ‘रयापिट किटको परीक्षणवाट आएको रिजल्टबाट हुनसक्ने भ्रम र क्षति अर्थात् कोही नेगेटिभ मान्छेलाई पोजेटिभ बनाइदियो भने समाजमा समस्या उत्पन्न हुन्छ।’ उनले भने।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ