एकैदिन चारजना मृत भेट्यो, पहिचान खुल्न बांकी


काठमाडौं ;को चन्द्रागिरी नगरपालिका-३ थानकोट सरस्वती स्थानस्थित खाली जग्गामा एक जना महिला मृत फेला परेकी छन्। अन्दाजी ५० वर्षीयf ती मृतक महिलाको पहिचान खुलेको छैन।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–११ पैसठ्ठीस्थित साज गोठेरी सामुदायिक वनमा पनि एक युवकको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय ती युवकको पनि पहिचान खुलेको छैन।

त्यस्तै कास्कीको रूपा गाउँपालिका-६ किराफोर सामुदायिक बनको बराल खोलाको किनारमा पनि एक महिला मृत फेला परेकी छन्। करिब ४५ वर्षीया उनको पहिचान खुलेको छैन।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ क्याम्पडाँडास्थित कर्राको पुलमुनी पनि एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ४५ वर्षीय मृत फेला परेका पुरुषको पहिचान खुलेको छैन।

प्रहरीले मृत फेला परेकाहरूलाई कसैले हत्या गरे कि मरे भन्ने अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ