भारतबाट फर्केका ४ सयलाई राख्यो वीरगन्जको ठाकुरराम क्याम्पसमा


वीरगञ्ज । भारत जान भनेर विभिन्न ठाउँबाट आएका चार सय बढी भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार काठमाडौं, पोखरालगायतका ठाउँबाट ती भारतीय आफ्नो देश जान भनेर रक्सौल पुगेका हुन्।

उनीहरूलाई बुधबार बिहान नेपाल प्रहरीले खाना खुवाएको पन्तले जानकारी दिइन्। यसअघि नेपाल र भारतले आफ्नो सीमामा रहेका एकअर्काका नागरिकलाई सम्बन्धित देशमा नै व्यवस्थापन गर्ने निर्णय गरेका थिए।

सोहीबमोजिम दार्चुलापारिको धार्चुलामा ७ सय बढी नेपालीलाई त्यहाँको स्थानीय प्रशासनले शिविरमा राखेको छ।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ