फागुन २३ देखि ६० वर्ष माथिका सबैले खोप लगाउने पाइने


काठमाडौं : माघ १४ देखि भारतबाट अनुदानमा प्राप्त कोभिड खोप प्रयोग गर्दै आएको नेपालले अर्को महत्त्वपूर्ण चरणको घोषणा गर्दै फागुन २३ वा अझ अगाडिबाटै ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसहरूलाई खोप दिन थाल्ने बताएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै हामी ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउँदैछौँ ।’

मन्त्री त्रिपाठीका अनुसार ६० वर्षभन्दा माथिका करिब २८(२९ लाख जनसङ्ख्या रहेको अनि ५५ वर्ष माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको छ।

भारतबाट अनुदानमा प्राप्त कोभिशील्डको दश लाख मात्राको सुरुवाती चरणमा अग्रपङ्तिमा खटिनेहरूलाई सरकारले खोप उपलब्ध गराइरहेको छ । यतिञ्जेल जसरी खोप दिइँदै आएको थियो अब भने त्यसमा निकै परिवर्तन हुने मन्त्री त्रिपाठीले बताए ।

‘अहिलेसम्म हामीले अस्पतालमा बोलाएर खोप दिइरहेका थियौँ। तर अबको चरणमा भने खोप केन्द्रहरूमार्फत् खोप दिलाइनेछ,’ उनले भने ।

  • बीबीसी
प्रकाशित : 18 February 2021 12:05 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ