पूर्व-पश्चिम राजमार्गमा बस दुर्घटना : ४ जनाको मृत्यु, उद्धार जारी


नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो । उद्धार कार्य चलिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : 19 May 2021 8:04 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ