शनिवार मौसम अपडेट : पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षाको सम्भावना


काठमाडौं : मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ को पहाडी भू-भागलगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश एकका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :

जेठ २२ गते शनिबार दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिवार राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २३ गते आइतबार दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आईतवार राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 5 June 2021 7:47 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ