बारको आन्दोलनमा प्रहरीद्वारा बल प्रयोग, १२ घाइते


काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकिलहरूमाथि बल प्रयोग गरिएको छ । सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा वकिलहरूलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो ।

सोही क्रममा नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे घाइते भएका छन् । घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ ।

जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरूले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो । प्रहरीले बल प्रयोग गरेर दमन गरेको भन्दै वकिलहरु आक्रोशित बनेका छन् ।

मुख्य गेटमा कानुन व्यवसायीहरूले धर्ना दिँदै आएपछि प्रधान न्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : 18 November 2021 12:50 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ