जयनाथ यादब/ लहान : कोरोना भाइरसको संक्रमण फैलिन नदिन लहान नगरपालिकाले आज राति १२ बजेदेखि नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
पछिल्लो समय वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २३ देखि ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।
भिडभाडका कारण कोरोना फैलिने जोखिम बढेको छ । तर लहानमा भने अत्यधिक भिडभाड देखिएको छ । रातिदेखि निषेधाज्ञा जारी भएका कारण बजारमा किनमेल गर्नेहरु घुइचो लागेको छ । बजारमा मास्क बिना सर्वसधारण हिडडुल गर्ने गरेका छन् ।
हेर्नुस् केहि तस्विर :