स्वर्गिय शिक्षक रामआशिष यादवको सम्झनामा निःशुल्क स्वास्थ्य शिविर, विरामीको लर्को


विपिन यादव/जनकपुरधाम । सिरहा नगरपालिका १७ माडरमा निःशुल्क स्वास्थ्य शिविर शनिबारदेखि सुरु भएको छ ।

सिरहा नगरपालिका १७ माडरस्थित श्री ब्रझज माध्यमिक विद्यालयमा श्री रामआशिष यादव स्मृति प्रतिषठान आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । सुबिधा क्लिनिक जनकपुरले शिविर संचालन गरेको हो ।

डा. कृष्ण कुमार यादव, डा. राजेन्द्र यादव, डा. नागेन्द्र प्रसाद यादव, डा. अश्विनी कुमार रन्जन यादव, डा. प्रमोद यादव, डा. मनिष मण्डल, डा. सुभाष साह, डा. संजय यादव, डा. अशोक अधिकारी, डा. सुधिर यादव, डा. सुरेन्द्र कर्ण, डा. रुपेश यादवसहित विशेषज्ञ डाक्टरहरु विरामीको उपचार गरिरहेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिएको छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण हुँदैछ ।

प्रकाशित : 11 January 2025 12:59 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ