सिबेन्द्र रोहिता/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाको सडक हो यो । जीर्ण बनेको यो सडकमा नगरपालिकाले ग्राभेल राख्दैछ । तर ग्राभेल त्यतिकै छाडेपछि बाटो नै अवरुद्ध बनेको छ ।
शनिवार यही सडकमा एउटा सिटी रिक्सा गाडी फस्यो । चालक एक्लै हैरान भए । तर गाडी निकाल्न सकेन । पछि मोटरसाइकल चढेर आएका एक व्यक्तिले उनलाई सहयोग गरे । तरपनि गाडी निकाल्न सकिएन । अनी फेरी दुई जना आए । उनीहरु मिलेर गाडीलाई धक्का दिएपछि बल्ला गाडी निस्कियो ।
नगरपालिकाको लापरबाहीले यदुकोहाबाट गोठकैलपुर जाने उक्त सडकमा आवतजावत गर्ने सर्वसधारणहरु सास्ती खेप्न बाध्य छन् । तर मेयर उदय बरबरिया कानमा तेल हालेर सुतेका छन् ।