भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी पनि कोरोना भाइरसको सिकार भएका छन् ।
मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनको भनाई छ ।
उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका छन् ।