गाडीमा यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व साँसद पक्राउ


काठमाडौं, २३ भदौं । सार्वजनिक गाडीमा महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा पूर्व साँसद पक्राउ परेका छन् ।

तत्कालिन एकिकृत नेकपा माओवादीबाट ०७० को संविधानसभाका साँसद योगेन्द्र घिसिङ पक्राउ परेका हुन् । पीडित पक्षले दिएको उजुरीको आधारमा पूर्व सभासद घिसिङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका घिसिङमाथि प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको छ । उनलाई आन्तरिक विवादका कारण तत्कालीन माओवादीले नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनका बेला आफू निकटका व्यक्तिलाई उम्मेदवार हुन भन्दै टिकट दिएको आरोपमा उनलाई कारबाही गरी माओवादीले पार्टीबाट निस्काशन गरेको थियो ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ