सन्नी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम


काठमाडौं, २५ भदौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी भोली (विहिवार) नेपाल आउन लागेकी हुन् ।

कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि सन्नी लियोनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिने ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले बताए । उनका अनुसार सन्नी मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने छिन् ।

फिल्म ‘पासवर्ड’मा सन्नीले एक आइटम नृत्य गरेकी छन् । पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको स्रोतले जनाएको छ । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

प्रकाशित : २०७६ भाद्र २५, बुधबार ११:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ