समाजवादी पार्टीको सल्लाहकार समिति प्रमुखमा गौतम चयन


काठमाडौं, ३० भदौ । समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तरगत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।

आइतबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा पार्टीले भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरेको हो । यसैगरी, ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिको पहिलो बैठकले सुमनकुमार चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ । बैठकले सबै सदस्यहरूको कार्यविभाजन समेत गरेको छ । बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ ।

समायोजन कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भइ समाजवादी पार्टी नेपालको गठन भएको हो ।

प्रकाशित : २०७६ भाद्र ३०, सोमबार ०१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ